
सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित धनञ्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ। सहकारी संस्थाले शनिबार नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो । साधारणसभाबाट अध्यक्षमा देबेन्द्र रिजाल चयन भएका छन् । यस्तै, उपाध्यक्षमा डिला धमला, सचिवमा यामप्रसाद शर्मा र कोषाध्यक्षमा नवराज ढुंगाना रहेका छन् । सदस्यहरूमा चन्द्रा भण्डारी, देवि कुमारी आचार्य, भुपेन्द्र पंगेनी, टक रिजाल, ऋषि प्रसाद रिजाल, निता रिजाल र यामलाल पंगाली चयन भएका छन् ।
त्यसैगरी, दयाराम पंगालीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति छनोट गरिएको छ । समितिको सदस्यमा भवानी प्रसाद पौडेल र यामुना चालिसे रहेका छन् । नयाँ नेतृत्वले सहकारीको संस्थागत सुशासन, सदस्यको आर्थिक हित र स्थानीयस्तरमा उत्पादन तथा स्वरोजगार प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । सहकारीले आगामी दिनमा सदस्यको माग र आवश्यकतामा आधारित सेवा विस्तार गर्दै बचत तथा ऋणसँगै उद्यमशीलता, साना व्यवसाय र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले सहकारीले सदस्यहरूको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै साना तथा स्वरोजगारमूलक व्यवसायलाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै, सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल्सिनाले सहकारीप्रतिको विश्वास कायम राख्न सञ्चालक समिति र सदस्य दुवैको समान भूमिका रहने जनाए । सहकारीको दिगोपन र प्रभावकारिताका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
भलाराम पंगालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा संस्थाको आर्थिक अवस्था, गतिविधि, आगामी कार्ययोजना तथा सदस्य लक्षित कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।
प्रकाशित मितिः September 20, 2026 at 8:34 am






कर्मसञ्चार । २०८३ असोज ४ गते आइतवार