दुईथरी शिक्षा किन ?

डण्डीप्रसाद शर्मा

नेपालको शिक्षामा लामो समयदेखी सत्ता र माताहतका जनताको वीचमा हिलो छ्यापेर अफुलाई निर्दोष सावित गर्ने होड चलिरहयो । अहिलेसम्म कक्षाका नानीहरुको ढाड कुप्य्राउने र उच्चशिक्षाको शिखरमा टेक्दा बहुसंख्यकको गन्तव्यदिशामा कुहिरो लगाउने अभियान बचि रह्यो । तर, यसतर्फ राज्यका नियमन निकायहरुले शैक्षिक क्षेत्रका नजरअन्दाज गरि नै रहें । राज्यका नीति निर्माता भन्नेहरुले पनि शिक्षा क्षेत्रमा रह्यो दुविधायुक्त शैक्षिक विसंगति तर्फ कहिल्यै ध्यान दिएको देखिएन । यसवीच थुप्रै अवसरहरु हुँदाहुँदै पनि शिक्षाको वैज्ञानिक अवधारण, सम्भावना र दूरदृष्टिको खोजी गर्ने प्रयत्नहरु अधुरै रहें । व्यवहार र विषयको मेल नखाँदा शिक्षाले जनता र समस्याको एकत्व बोक्न सकेन ।
अरब र मलेशिया जस्ता विदेशी भूमिमा स्नातकोत्तर नेपाली युवाहरुले झाडु लगाई रहेका, ढाडकुप्रो पार्ने भारी बोकेका र विभिन्न जनावरका मासु बेचिरहेका दृश्य हामी नेपालीका लागि सामान्य नै हुँदै आए । बाबुआमाले रातदिनको कठोर श्रम गरेर वा मामुली कामका लागि हजारौं नेपाली युवाहरु विदेशिन लामलागेका दृश्य नेपाली शिक्षा क्षेत्र र त्यसका नायकहरुको बृद्धि एवं विद्याको अद्भूत गाईजात्राका दर्शक भईराख्यौं अहिलेसम्म ।

शिक्षा व्यवस्था उल्टो बन्दै ग¥यो । निजीकरणले जरो गाड्यो, व्यापारीकरण बढ्यो, शिक्षा व्यवसाय बन्यो । पूँजीपतिले कमाई खाने मुख्य कम्पनीमा रुपान्तरण भयो । गरिवका लागि शिक्षा महँगो बन्दै गयो । राज्यले दायित्व भित्र लिएन । शिक्षा सबैका लागि बन्न सकेन ।

नेपालका जनवादी क्षेत्रका नायकहरुले ‘विश्वका श्रमजीवी हो एक होऔं’ भन्ने नारा उराल्न र आफ्नै संगठनमा समय–समयमा आरा चलाउन छाडेनन् भने अद्भूत दृश्यहरुको तमासा चल्ने देशमा शैक्षिक महारोगहरु हटाउन वास्तविक जनवादी शिक्षा सर्वश्रेष्ठ उपचार हो भन्ने कुरामा शंकाको पाखो फाड्न सकेनन् । तत्कालिन पञ्चायति राज्यसत्ता र सामान्ती संकार, प्रवृत्ति र चरित्रको बरखिलापमा जनवादी, लोकतान्त्रिक, वैज्ञानिक र सर्वसुलभ शिक्षाको नाराले हाम्रो सामाजिक जीवन र नेपाली राजनीतिलाई ऊर्जाशील रनक दिईराख्यो । जनवादी शिक्षा धेरैले सुन्यौं र सुनायौं । भन्ने–सुन्ने दुबैले जानेनौं, बुझेनौं र बुझाउन सकेनौं । जसको परिणाम स्वरुप जनपक्षिय शिक्षाका आधारहरु तयार हुन सकेनन् । हामीले बोली फे¥यौं ।

जनवादी सत्ता विना जनवादी शिक्षा हुन्न । हाम्रो बद्लिएको बोलीले राज्य सत्ता खोज्यो । शिक्षा राज्यसत्ताको हतियार हो भन्ने माक्र्सको शब्दावलीको अनुसरण ग¥यो । निरन्तर बद्लिँदो विश्वराजनीतिले समाजवादी बैज्ञानिक शिक्षाका सिद्धान्तमा शुद्धता रहेन । जनवादी शिक्षाको वकालत र नारा कम्यूनिष्टहरुको पोल्टामा मात्रै सीमित रह्यो । जुनसुकै राज्यसत्तामा पनि जनवादी शिक्षाको स्थापना र विकास सम्भव छ भनेर व्यवस्थित अभियान चल्न सकेन । जनवादी शिक्षाको मूल उद्देश्य युगानुरुप मानविय चेतनाको समग्रविकास, जीविकोपार्जनका निम्ति उपयुक्त दक्षता, देश निर्माणको निम्ति विज्ञान प्रविधि आदीको पर्याप्त ज्ञानको विकास, प्रशासन व्यवस्थापनको अत्याधुनिक क्षमताको निर्माण आदी नै हुन भन्ने अथ्र्याउन नसक्नु हाम्रो अवैज्ञानिक पद्दती भयो । आखिरी जनतालाई केन्द्र भागमा राख्ने पद्दती जनवाद हो । त्यही पद्दती शिक्षामा अंगाल्नु जनवादी शिक्षा हो ।

जन जप्नेहरुले जनतालाई शिक्षामा मूल्य दिएनन् । बरु, यिनिहरुलाई नै बन्धुक बोकाए, यिनिहरुकै पसिना र रगत माथि होली खेली यिनैको नाममा राजनीतिक खेती फस्टायो । यिनकै बालबच्चालाई विद्यालय छोडाईयो । सपनामा लड्डु बाडियो, विपनामा सबै भाडियो । वाक क्रान्ति गरियो, व्यवहारमा भ्रान्ति गरियो । कागजी र बौद्धिक युद्धको समेत शिक्षामा साहस गरिएन । जनवादी शिक्षा, जनवादी राज्यसत्ताको पेवा बनाईयो । राजनीति विमर्स गरियो, प्राज्ञिक कर्म गरिएन् । अनुसन्धानको विज समेत रोपिएन्, फल्ने त कुरै भएन । सारमा यो प्रजातान्त्रिक शिक्षा नै हो, तर बुर्जुवा प्रजातान्त्रिक होइन । यसले दर्शनमा माक्र्सवाद बोक्छ, उत्पादनमा योगदान पु¥याउन, समाजवादमा संक्रमण गर्ने लक्ष्य राख्छ । जनतालाई ज्ञानको स्रोत ठान्छ, जनतामा अथाह ज्ञान, शीप र प्रविधि देख्दछ । त्यसको अधिकतम् उपयोग गर्नुपर्छ भन्ने सिकाउछ । विद्यार्थींलाई समालोचक र अन्वेषणकर्ता बनाउछ ।

जनपक्षिय र जननिर्मित पाठ्यक्रमको खोजी गर्दछ । जनता, समाज, श्रम र प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गरी सिकाई हुन्छ भन्ने निष्र्कष निकाल्छ । उत्पादन बढाउने प्राविधिक र व्यवसायिक शैक्षिक प्रद्दतीको वकालत गर्छ । श्रमजीवी, स्वाभिमानी देशभक्त जनवादी व्यक्तित्व निर्माणमा जोड दिन्छ र श्रमलाई आर्दश ठान्द्छ । त्यसैले जनवादी शिक्षाप्रति हाम्रो विश्वास छ । प्राज्ञागिक जगतमा नौलो बहसको जन्म दिनेछ भन्ने हो भने अब हामीले किन पर्खी रहेका छौ त ? जनवादी शिक्षाका आधार निर्मांण र नीति नियमको वकालत गर्न । यतिबेला नेपाली जनताले कम्यूनिष्ट क्रान्तिको अगुवाईमा खोजीरहेको शिक्षा र आवश्यक जनशक्तिको उत्पादनमुखि अभिष्ट कुरा गर्न सकियला या नसकिएला यसको साक्षात्कार मूल्यांकन जनजीवनमा हुने नै छ ।

नेपालमा शिक्षाको बारेमा धेरै आन्दोलन भए । गरिबका छोराछोरीको स्वतन्त्रता र शिक्षाका पक्षमा आवाज उठाउँदा गंगालाल, दशरथ, धर्मभक्त र शुक्रराज जस्ता क्रान्तिनायकहरु फाँसी चढें । कम्यूनिष्ट पार्टीहरुबाट शुरुदेखि नै जनवादी शिक्षाको नारा दिईयो । ऊर्जावान विद्यार्थीलाई जनवादी शिक्षाको मिठो सपना देखाईयो । त्यो नारा हालसम्म निरन्तर चलिरह्यो । तर, शिक्षा व्यवस्था उल्टो बन्दै ग¥यो । निजीकरणले जरो गाड्यो, व्यापारीकरण बढ्यो, शिक्षा व्यवसाय बन्यो । पूँजीपतिले कमाई खाने मुख्य कम्पनीमा रुपान्तरण भयो । गरिवका लागि शिक्षा महँगो बन्दै गयो । राज्यले दायित्व भित्र लिएन । शिक्षा सबैका लागि बन्न सकेन । राजनीति व्यवस्थाले शिक्षालाई निर्देश गर्छ । हाम्रो शिक्षा सामाजिक नियन्त्रणको साधनपनि बन्दै आईरहेको छ । सामान्त र पूँजीवादी समाजमा शिक्षा सामान्त र पूँजीवादीका छोराछोरीको लागि मात्र भयो ।

अब हामीले बहुव्यावसायिक र बहुप्राविधिक शिक्षामा जोड दिँदै मुलुको आवश्यता र समाजमा रहेका अभावहरुको पहिचान गरी समाधान खोज्ने शिक्षा नीति र नियमहरुको तर्जुमा गर्नु पहिलो आवश्यकता कत्वर्य हुनेछ । शिक्षालाई बोझिलो र महँगो बनाउने पद्दतीको अन्त्य गर्दे व्यवहारिक र रुचीमा आधारित शिक्षाको तय गर्नु अपरिहार्य बनेको छ । ताकी शिकाईमा सहभागीहरुले बोझको रुपमा शिक्षालाई नलिई जीवन निर्वाह गर्ने साधानको रुपमा ग्रहण गर्न सकून । हाम्रा समस्याहरुको वर्गिकरण र अन्वेषण गरी शिक्षामा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विद्यालयको विकास गर्न जरुरी भई सकेको छ ।

नेपालमा गरिब किसान मजदूर अल्पसंख्यकहरुका लागि शिक्षा खै ? के अहिलेको शिक्षा यिनिहरुको पक्षमा छ ? छ भने कसरी ? छैन भने किन ? कम्युनिष्ट सरकार ! यसको उत्तर कसले खोज्ने ? जनवादी शिक्षा के राजनीतिक विषय मात्र हो ? यसको बौद्धिक छलफल हुनु पर्छ की पदैन् ? यस विषयमा नयाँ प्राज्ञिक अनुसन्धान गर्ने की नगर्ने ? यसको वकालत कम्युनिष्ट पार्टीले मात्र गर्ने की अरुले पनि, यसको ढाँचा कस्तो गराउनी नीतिगत र संरचनागत विषय के के हुन ? विषय वस्तुहरु के के हुन ? दायित्व कसले लिने र यसका पूर्वाधार कसरी तयार हुने ? यसका दार्शनिक पक्षसँग कसरी जोड्ने ? सिद्धान्त र व्यवहारको एकत्व कुन आधारमा खोज्ने भन्ने नै जनवादी शिक्षाका ज्वलन्त प्रश्नहरु हुन् ।

त्यसैंले कम्यूनिष्ट मुलुकहरुको समृद्धीको आधारमा क्युवा, चिन र उत्तर कोरिया जस्ता देशहरुको प्रगतिलाई हेर्दा शिक्षा नै देश विकासको मूल आधार बनेको पाइन्छ । हाम्रो जस्तो पछौटे र अल्पविकसित देशको समृद्धीका लागि दुई खाले शिक्षा बनाउनु नै अभिषाप देखिन्छ । यदी देशको समृद्धी खोज्ने हो भने निरक्षरहरुको आधार लियूँ, । गरिवी र पछौटेपनाको वकालत गरौं । हामी र हाम्रो प्रतिनिधित्व मार्फत राज्यका वितरण प्रणालीहरुलाई जनमुखि बनाऊ । राज्यको तर्फबाट जनताको जीवन स्तर उकास्ने र देशको समृद्धी खोज्ने पहिलो सम्पत्तीको रुपमा आत्मसात गरी हिजो जस्तो होइन, अबको पुस्तालाई उन्न्तशील समाज निर्माण गर्ने जनशक्ति निर्माणका लागि शिक्षालाई केन्द्र विन्दुमा राखौं ।

प्रकाशित मितिः   September 17, 2018 at 6:40 pm 


  • प्रतिक्रिया दिनुहोस्