८-१० कक्षा पढेको व्यक्तिलाई के भनौं र खोई ?

डा. केसीको मागमा नबोली नहुने भएर बोल्न बाध्य हुनुपरेको हो । राति सुत्नेबेलामा पनि चिन्ता लाग्छ । केसीजीलाई के भयो होला, बिहान उठ्ने बेलामा पनि सिरानमा राखेको मोबाइल झिक्यो । केसीजी के हुनुभयो भनेर । अनि घडीको सुईजस्तै मन त फिटीफिटी गर्छ ।

त्यसैले मान्छेले भन्लान्, सरकारको मानो खाएर जे पायो त्यही भन्छ । योभन्दा पहिले भनी पनि सक्या छन् कत्तिले । तर, के भने विवश हुन बाध्य भइयो ।

एउटा मानिस मृत्युशैय्याामा छ । मृत्युशैय्यामा भएको मान्छेलाई सरकारले अक्सिजन दिएर जोगाउनुपर्छ । बचाउनुपर्छ । त्यो सरकारको धर्म हो ।

यहाँ म के भन्न चाहन्छु भने यो अहिले जुन सरकार आयो । यो सरकारका आसेपासेहरुको अस्ति भएको निर्वाचनमा उहाँको घोषणापत्रमा के थियो भने जनतालाई शिक्षा स्वास्थ्य सर्वसुलभ गराउने भन्ने थियो । त्यस्तो बाचा गरेर उहाँहरुले निर्वाचन जित्नुभएको हो । डा. केसीले अहिले त्यही माग राख्नुभएको छ ।

७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? तर, केही भन्दिनँ । उहाँहरु पनि आफ्नै नेपाली हुन् गाली गर्दिनँ

उहाँले जे माग राख्नुभएको छ, त्यो आफ्नो निम्ति राख्नुभएको होइन । कसका निम्ति ? जनताका निम्ति ? तपाई हाम्रो निम्ति मागेको हो । यो आर्दश सरकारले स्वास्थ्य शिक्षालाई सर्वसुलभ गराउनुपर्छ । यदि स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने हो भने गरिवलाई डाक्टर पढाउनुपर्छ । उनले यही भनेका हुन् । यो सरकारले नबुझेजस्तो गरे पनि आम जनताले बुझेका छन् ।

म सरकारसँग के अनुरोध गर्दछु भने डा. केसी, कुनै दलका कार्यकर्ता होइनन् । आफ्नो शैलीमा डा. केसीलाई कहिले कांग्रेस भनेको छ, कहिले अरुलाई कांग्रेस भनेको छ । त्यो बेकार हो । डा. केसीले जनताको आवाज बोलेका छन् । केसीले काम गरेको जनताका लागि हो । त्यो बुझेको छ, सरकारले । केसीले मरेर जाँदा केही लाँदैनन । उनी त अमरत्व प्राप्त गरिसकेका व्यक्तित्व हुन् । म यो सरकारसँग अनुरोध गर्न चाहन्छु – उहाँको माग पूरा गरौं । पूरा गर्नैपर्छ ।

७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? तर, केही भन्दिनँ । उहाँहरु पनि आफ्नै नेपाली हुन् गाली गर्दिनँ ।

अमेरिकामा विल गेट्सले जति कमाउँछ, जनतामा लगेर बाँड्छ । अस्ति एउटा खेलाडीले विश्वकप जितेको पुरस्कारको पैसा जनतालाई दियो । नेपालमा कमाउने व्यक्तिहरुले त्यसरी नै उदहारण बनेको मलाई देखाइदियोस् त सरकारले ।

प्रकाशित मितिः   July 23, 2018 at 7:05 am 


  • प्रतिक्रिया दिनुहोस्