राष्ट्रियसभा सदस्यमा कर्णालीबाट शर्मा र विसी निर्वाचित

सुर्खेत, ९ माघ ।
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । नेकपाका मायाप्रसाद शर्मा तीन हजार ६१८ मतभारका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।
यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ मत ल्याइन् । कर्णालीमा एक जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।

प्रकाशित मितिः   January 23, 2020 at 7:30 pm 


  • प्रतिक्रिया दिनुहोस्