एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि

जनकपुर र काठमान्डु खेल्दै

सुर्खेत । नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि सुरू हुँदैछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्।

प्रकाशित मितिः   November 17, 2025 at 9:30 am 


  • प्रतिक्रिया दिनुहोस्