सुर्खेतको बजारमा ‘तम्बो’ मोबाइल भित्रियो

सुर्खेत, ३० भदौ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भारतीय मोबाइल कम्पनी तम्बोका उत्पादन भित्रिएका छन् । प्रदेशलाई नै लक्षित गरी वीरेन्द्रनगरस्थित ज्वाला कम्प्यूटर सम्प्लायर्सले तम्बो मोबाइल भित्र्याएको हो । कम्पनीले हाल बजारमा टिए–टू र टिए–थ्री मोडेलका सुपर स्मार्टफोन साथै ४ मोडेलका फिचर (किप्याड) मोबाइल फोन ल्याएको छ ।
फिचरफोनमा वायरलेस एफएम, २ सय दिनको रिप्लेसमेण्ट वारेण्टीका साथै ३ सय ६५ दिनको स्क्रीनमा रिप्लेसमेण्ट वारेन्टी रहेको तम्बो मोबाइलका नेशनल एरिया सेल्स म्यानेजर भुपाल सिंहले जानकारी दिए । उनका अनुसार फिचर फोनहरुको बजार मूल्य १२ सय ६९ देखि २२ सय ४५ सम्म छ भने सुपरस्मार्ट फोनको बजार मूल्य क्रमशः ९ हजार ४ सय ९९ र १० हजार ३ सय ४९ रहेको छ । तम्बो मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालि हो ।

प्रकाशित मितिः   September 15, 2018 at 3:01 pm 


  • प्रतिक्रिया दिनुहोस्