
सुर्खेतः सुर्खेतका तीन जना कृषकले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि विकास निर्देशनालय सुर्खेतले जिल्लाका उत्कृष्ट कृषकलाई मंगलबार पुरस्कृत गरेको हो । भेरीगंगा नगरपालिका–८ मा केरा खेती गर्दै आएका विनोद शर्माले प्रथम पुरस्कार पाएका छन् । उनलाई ३० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै, २५ हजार राशिको द्वितीय पुरस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मा मेवा र ड्रागन खेती गरिरहेका ललितप्रसाद लामिछाने प्राप्त गरेका छन् । भेरीगंगा नगरपालिका–१० की अञ्जना बुढालाई २० हजार राशिको तृतीय पुरस्कार प्रदान गरिएको छ । उनले तरकारी खेतीसँगै पशुपन्छी पालन व्यवसाय गर्दै आएकी छन् । निर्देशनालयले आयोजना गरेको औपचारिक कार्यक्रममा कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेका हुन् ।
प्रकाशित मितिः July 16, 2025 at 12:06 pm






कर्मसञ्चार । २०८२ असार ३२ गते बुधवार