१६ बुँदे प्रस्तावसहित जनार्दनले मागे प्रचण्डको राजीनामा


काठमाडौंः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको भन्दै नयाँ नेतृत्व आवश्यक भएको बताएका छन् । नेता शर्माले १६ बुँदे प्रस्ताव अघि सार्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । शर्माले पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मागसमेत गरेका छन् ।

उनले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग गरिएको उल्लेख छ। ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ उपमहासचिव शर्माले भनेका छन्। जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला पार्टीभित्र रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनले बताएका छन् । जेनजी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको भन्दै उनले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   September 16, 2025 at 9:13 pm 


  • प्रतिक्रिया दिनुहोस्