
सुर्खेतः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार (आज) सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।
प्रकाशित मितिः August 29, 2025 at 11:19 am













कर्मसञ्चार । २०८२ भाद्र १३ गते शुक्रवार