प्रगतिशील प्राध्यापक संगठनको प्रदेश अध्यक्षमा बुढा

सुर्खेतः नेकपा (एमाले) निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन कर्णाली प्रदेश कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संगठनको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट डबलबहादुर बुढा अध्यक्ष चयन भएका छन् । यस्तै, उपाध्यक्षमा दीपेन्द्रकुमार खत्री, सचिवमा भीमबहादुर रोकाया, सह–सचिवमा बालकृष्ण बिसी र कोषाध्यक्षमा फुलमती खराल छन् ।
संगठनको सदस्यमा नारायण ढकाल, ताराकेशर रावत, हरिकृष्ण थापा, प्रविन भुसाल, कल्पना पौडेल, डिल्लीराम भण्डारी, वीरेन्द्र बुढा र गोविन्द भट्टराई चयन भएका छन् । अधिवेशन उद्घाटनसत्रमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.धुव्रकुमार गौतम, वीरेन्द्रनगर नगपालिकाका नगर प्रमुख मोहनमाया ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   August 30, 2025 at 11:45 am 


  • प्रतिक्रिया दिनुहोस्