सुर्खेतः आगामी १ असोजदेखि सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले मंगलवार एक सूचना जारी गरी सवारी धनीहरूलाई यस्तो अनुरोध गरेको हो । विभागका अनुसार १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले भनेको छ । गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो ।
यस्तो छ विभागले जारी गरेको सूचनाः

प्रकाशित मितिः August 19, 2025 at 2:35 pm























कर्मसञ्चार । २०८२ भाद्र ३ गते मंगलवार