नेपाल र उत्तर कोरियाबीच आज प्रतिस्पर्धा

काठमाडौंः एएफसी यू– २० महिला एसिया कप छनोट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेबाट भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरू हुनेछ । ग्रुप ‘ए’मा रहेको नेपालले जारी प्रतियोतामा एक खेलमा जित तथा एक खेल बराबरी खेलेको छ । भने, उत्तर कोरियाले अघिल्ला दुई खेलमा जित निकालेको छ । नेपालले पहिलो खेल भुटानसँग बराबरी गरेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० गोल अन्तरले जितेको थियो । कोरियाले भने भुटान र साउदी अरब दुवैलाई हराएको हो ।
कोरिया ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैले एसिया कप छनोटका लागि आज नेपालले कोरियालाई हराउनै पर्ने दबाब रहेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली आगामी वर्ष थाइल्याण्डमा हुने एसिया कपका लागि छनोट हुनेछन् ।

प्रकाशित मितिः   August 10, 2025 at 11:18 am 


  • प्रतिक्रिया दिनुहोस्