
सुर्खेत, ११ जेठ ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको छ । शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको हो ।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भएपछि शेयर कारोबार गर्ने बाटो खुलेको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन, परामर्शलगायतका सेवा दिनेछ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार हुने बताए । ‘कर्णालीका जलविद्युत् आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, उनले भने, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।’
प्रकाशित मितिः May 25, 2019 at 6:14 pm













कर्मसञ्चार । २०७६ जेष्ठ ११ गते शनिवार