
सुर्खेतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न माग गरिएको छ । कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न संयुक्त वक्तव्य जारी गरेका हुन् । महामन्त्री कुन्ति कुमारी शाहीलगायत १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले जारी गरेको वक्तव्यमा विधानविपरीत भएको कारबाही तत्काल फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् । पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति उनीहरुले अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
पार्टी सञ्चालनको विषयलाई लिएर जारी गरिएको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले उनलाई मुदमुक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
पदमुक्त गरिएका गिरी निर्वाचन आयोग जानेसमेत तयारीमा छन् । आफूलाई विधानविपरीत कारबाही गरिएको भन्दै उनी आयोग जान लागेका हुन् ।
प्रकाशित मितिः July 20, 2025 at 12:17 pm













कर्मसञ्चार । २०८२ साउन ४ गते आइतवार