अब वीरेन्द्रनगरमा ट्याक्सी चढ्न पाइने

 

 

सुर्खेत, २९ कात्तिक ।
ट्याक्सी चढ्ने हो ? अब वीरेन्द्रनगरमै ट्याक्सी सेवा पाइने भएको छ । हिमाल दीप टुर एण्ड ट्राभल्स प्रालिले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सर्वसाधारणका लागि ट्याक्सी सेवा दिने भएको हो । बिहीबार प्रतिनिधि सभा सदस्य नवराज रावतले प्रालिको उद्घाटन गरेका हुन् । प्रालिले हाल १० वटा ट्याक्सीमार्फत सेवा शुरु गरेको छ ।

निशान ड्याड्सन कम्पनीका उक्त गाडीले केही दिन भने रिजर्भमा मात्रै सेवा दिने छन् । ‘अहिले रिजर्भ सेवा शुरु भएको छ, भाडादर तोक्दै छौं, प्रालिका सञ्चालक जीवन कुमार शर्माले भने, ‘सरोकारवाला सबै पक्ष बसेर दुई /चार दिनमै भाडा निर्धारण गरिने छ ।’ प्रालिले थप २० वटा गाडी बुक गरिसकेको शर्माले जानकारी दिए ।

छोटो दुरीका लागि सार्वजनिक यातायातको समस्या रहेको प्रदेश राजधानी वीरेन्द्रनगरमा ट्याक्सी भित्रिएसँगै सर्वसाधारणलाई आवतजावतका लागि सहज हुने देखिएको छ ।

प्रकाशित मितिः   November 15, 2018 at 12:16 pm 


  • प्रतिक्रिया दिनुहोस्