पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

ओलीसँगको भेटपछि भण्डारीले भनिन्- आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ता सकिएको छ । उनीहरूबीच आइतबार अपराह्न करिब डेढ घन्टा एमाले मुख्यालय च्यासलमा कुराकानी भएको थियो ।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यताको विषय पुरानै भएको र आफ्नो सदस्यता नवीकरण भइसक्यो प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन ।’ अध्यक्ष ओलीसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको उनले बताइन् । मूलतः राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको उनको भनाइ थियो ।
एमाले संस्थापन पक्षले भने भण्डारीको सदस्यता पेन्डिङमा रहेको दाबी गर्दै आएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।

प्रकाशित मितिः   July 20, 2025 at 8:26 pm 


  • प्रतिक्रिया दिनुहोस्