
सुर्खेत । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७.४ मिलिमिटर र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भएको छ।
सबैभन्दा बढी दोधारामा १४९.६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७.६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। दिउँसो देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। बिहीबार राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
प्रकाशित मितिः July 2, 2026 at 12:18 pm













कर्मसञ्चार । २०८३ असार १८ गते बिहीवार