
सुर्खेतः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
गत वर्षभन्दा यो वर्षको नतिजामा भने सुधार आएको छ । २०८० को एसईईमा ४७ दशमलब ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । यो वर्ष संख्या बढेर ६१.८१ प्रतिशत पुगेको हो । गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले नतिजामा सुधार आएको छ । गत वर्ष कमजोर नतिजा आएपछि सरकार देखि संसद्सम्म बहसको विषय बनेको थियो । सबै पक्षको पहललले नै नतिजामा सधुार आएको निष्कर्ष बोर्डको छ ।
यस वर्ष नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
प्रकाशित मितिः June 28, 2025 at 9:05 am























कर्मसञ्चार । २०८२ असार १४ गते शनिवार