सुर्खेत, ३१ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । १७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने टुंगो लागेको छ । प्रदेशका ५ जिल्लामा अध्यक्ष र सचिव पनि ५–५ जना रहने गरी बाँडिएको कार्यदल सदस्य मायाप्रसाद शर्माले बताए ।
⇒पूर्वएमालेले अध्यक्ष पाउने जिल्ला – सुर्खेत, दैलेख, डोल्पा, सल्यान, मुगु ।
⇒पूर्वमाओवादीले अध्यक्ष पाउने जिल्ला – जाजरकोट, कालिकोट, पश्चिम रुकुम, जुम्ला, हुम्ला ।
कूल १० जिल्लामध्ये सुर्खेत, दैलेख, डोल्पा, सल्यान, मुगुमा पूर्वएमालेले नेतृत्वसहित बढी हिस्सा पाएको छ । यसैगरी जाजरकोट, कालिकोट, पश्चिम रुकुम, जुम्ला, हुम्लामा पूर्वमाओवादीले नेतृत्वसहित बढी हिस्सा पाएको छ । जिल्ला कमिटीको संख्या समानताका आधारमा रहने गरी नाम प्रस्ताव गरिएको कार्यदल सदस्य शर्माले बताए । संख्या टुंग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई आज (बिहीबार) बुझाइएको नेकपाले जनाएको छ । भदौ पहिलो साताभित्र एकीकरण टुंगो लगाइसक्ने नेकपाको तयारी छ ।
प्रकाशित मितिः August 16, 2018 at 8:18 pm























कर्मसञ्चार । २०७५ साउन ३१ गते बिहीवार