
सुर्खेतः कर्णाली प्रदेश सरकारले आज आगामी वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीबविक्रम शाहले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने छन् । केन्द्रबाट आउने अनुदानमा कमी आएकाले कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही घट्नसक्ने जनाएकोे छ । आन्तरिक आम्दानीका स्रोतसमेत कमजोर रहेको कर्णाली सरकारले चालु वर्षभन्दा नबढाएर सोही हाराहारीमै बजेट ल्याउने तयारी गरेको हो । कर्णाली सरकारले चालु आवका लागि ३१ अर्ब, ४१ करोड, ४१ हजार बराबरको बजेट विनियोजन गरेको थियो ।
प्रस्तुत आगामी नीति तथा कार्यक्रमअनुसार यसपटक पनि कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारको तयारी छ । आज कर्णालीसहित सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै छन् ।
प्रकाशित मितिः June 15, 2025 at 9:17 am






कर्मसञ्चार । २०८२ असार १ गते आइतवार