
सुर्खेतः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भइरहेको छ । सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् । नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
प्रकाशित मितिः June 4, 2025 at 3:56 pm























कर्मसञ्चार । २०८२ जेष्ठ २१ गते बुधवार