काठमाडौं, २० चैत ।
काठमाडौंमा कर्णालीका फोटो प्रदर्शनी सुरू भएको छ। पत्रकार रमेश भुसाल र नविन बरालले कर्णाली भ्रमणका क्रममा खिचेका तस्वीरहरू प्रदर्शनीमा राखिएको छ।
नेपाल नदी संरक्षण कोषको आयोजनामा ४४ दिनसम्म भएको यात्राका क्रममा उनीहरुले खिचेका तस्वीरहरु प्रदर्शनमा राखिएको हो।
कर्णाली नदी प्रणालीको माध्यमबाट कर्णालीको सामाजिक सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययन गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको थियो।
यात्रा कर्णालीको शीर तिब्बतदेखि भारतको गंगानदीसम्म गरिएको थियो।
यात्राका क्रममा खिचिएका तस्वीरमध्ये ५० वटा तस्वीर बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् । प्रदर्शनी आउँदो शुक्रबारसम्म चल्नेछ ।
प्रकाशित मितिः April 3, 2019 at 12:29 pm













कर्मसञ्चार । २०७५ चैत्र २० गते बुधवार