
सुर्खेतः कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । कर्णाली सरकारले प्रदेशसभामा दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । सभामा प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । सरकारकातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएका कारण मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रदेश प्रमुख जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।
प्रकाशित मितिः June 4, 2025 at 2:35 pm























कर्मसञ्चार । २०८२ जेष्ठ २१ गते बुधवार