बजेट–२०८२/८३

महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

सुर्खेतः सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बिहीबार संघीय संसद्को बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । ‘महिला लक्षित उद्यमशीलता प्रवर्द्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरू वृद्धि गरिनेछ । महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, मन्त्री पौडेलले भने ।

प्रकाशित मितिः   May 29, 2025 at 5:11 pm 


  • प्रतिक्रिया दिनुहोस्