
सुर्खेत, १७ कात्तिक ।
सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले ताल ‘पिकनिक स्पट’ का रूपमा सजिलो गन्तव्य बनेको छ । अन्य समयमा सामान्य चहलपहल हुने बुलबुले उद्यानमा तिहार सकिएयता हरेक दिन पिकनिक खानेको घुइँचो लाग्ने गरेको छ । हिजोआज दैनिक ३० देखि ४० टोली बुलबुलेमा पिकनिक खान पुग्ने गरेका छन् ।
कर्णाली प्रदेश राजधानी शहर छेउमै अवस्थित बुलबुले घुमघाम तथा ‘पिकनिक स्पट’ का रुपमा सजिलो गन्तव्य बनेको हो । पिकनिक र भ्रमणका लागि बाँके, कैलाली, दाङ, बर्दियालगायतका जिल्लाबाट पनि अत्याधिक पर्यटक आउने गरेको बुलबुले उद्यान टिकट काउण्टरका कर्मचारी डिल्लीप्रसाद न्यौपानेले बताए । हिजो (शनिबार) मात्रै स्थानीय र विभिन्न जिल्लाका गरी ३३ टोलीले बुलबुले उद्यानभित्र पिकनिक खाएर फर्किएको उनले जानकारी दिए ।

चर्चित पर्यटकीय स्थल बुलबुलेमा अन्य समयभन्दा तिहारलगत्तै पिकनिक खानेको भिड लाग्ने गर्छ । तालको अवलोकनसँगै वनभोज गर्न उपयुक्त थलो भएकाले छोटो दूरीको यात्रामा रमाइलो गर्न चाहनेका लागि बुलबुले उपयुक्त गन्तव्य हो । उद्यानसम्मै सवारी साधन लिन सकिने, न्यून प्रवेश शुल्क, पर्याप्त पानी, शौचालय, खुल्ला चौर, बगौंचा र पार्कहरू बुलबुलेका थप आकर्षण हुन् ।

सुर्खेत उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष नारायणकुमार कोइराला नेतृत्वको समितिले ताल, पार्क (उद्यान) व्यवस्थापनमा सुधार ल्याएसँगै बुलबुलेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

योपनि पढ्नुहोस्-
https://karmasanchar.com/2018/08/863/
प्रकाशित मितिः November 2, 2019 at 10:49 pm























कर्मसञ्चार । २०७६ कार्तिक १६ गते शनिवार