आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

सुर्खेतः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । ‘आगामी आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छु,’ मन्त्री पौडेलले भने, ‘कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत एवम् वित्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।’ यो अनुमान चालु आर्थिक वर्षको बजेट भन्दा ५.६ प्रतिशतले बढी र संसोधित अनुमानको तुलनामा १८.२ प्रतिशत हो । संघ सरकारले आगामी वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तिय हस्तान्तरण तर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको छ ।

प्रकाशित मितिः   May 29, 2025 at 5:36 pm 


  • प्रतिक्रिया दिनुहोस्