
सुर्खेतः कर्णाली प्रदेशमा पहिलोपटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र कर्णाली प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा वीरेन्द्रनगरमा यही जेठ १९ देखि ३० गतेसम्म अन्डर–१६ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरुको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रतियोगितामा प्रदेशगत रुपमा सातवटा टिम रहनेछन् । लिग चरणमा हुने प्रतियोगितामा जम्मा २१ खेलहरु हुनेछन् । क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले यस प्रतियोगितामा नेपाल क्रिकेट संघको ८० देखि ९० लाख रुपैयाँसम्म खर्च हुने आकलन गरिएको जनाए । जुन २०२५ मा एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता हुँदैछ । सोही प्रतियोगितालाई मध्यनजर गर्दै नेपालको राष्ट्रिय टिम छनोटका लागि यो प्रतियोगिता गरिएको जनाइएको छ ।
यस्तो छ खेल तालिकाः
























कर्मसञ्चार । २०८२ जेष्ठ १४ गते बुधवार