मेडिकलमा जमराको जुस

सुर्खेत, १८ साउन ।
वीरेन्द्रनगरको खजुरामा रहेको जनसेवा आर्युवेदिक मेडिकल हलले अर्गानिक जमराको जुस उत्पादन सुरु गरेको छ । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै जमराको जुस उत्पादन सुरु गरेको मेडिकल सञ्चालकले जनाएका छन् ।

मेडिकलमा जमराको जुस वितरण गरेसँगै खान आउने मानिसको संख्या बढ्दै गएको मेडिकल हलका प्रमुख कमल विसीले बताए । बिहान मर्निङ वाक गर्न निस्केकाहरुलाई लक्षित गर्दै उनले बिहानको समयलाई उपयोग गरेको बताए । उनका अनुसार प्रतिगिलास तिस रुपैयाँमा जुस बिक्री भइरहेको छ ।

यो जुसबाट मुटु, रक्तचाप, मधुमेह, थाइराइड, अल्सर, ग्याष्ट्रिक, क्यान्सर रोगका बिरामीलाई फाइदा हुने हुँदा अर्गानिक जमराको जुस उत्पादन सुरु गरेको सञ्चालक विसीले बताए । बिहान खाली पेटमा खाँदा शरीरमा प्राकृतिक ऊर्जा आउनुका साथै शरीरमा प्रोटिनको मात्रा बढाउन सकिने उनको विश्वास छ ।

प्रकाशित मितिः   August 3, 2018 at 8:02 am 


  • प्रतिक्रिया दिनुहोस्