भ्यागुतेको पक्षमा दुई तिहाइ मत !

प्यूठान, २२ मंसिर ।

प्यूठानको झिमरुक गाउँपालिकाको केन्द्र तथा कार्यालय वडा नम्बर ४ भ्यागुतेमा हुने भएको छ । गाउँपालिकाको केन्द्र तय गर्न शनिबार भएको मतदानमा भ्यागुतेको पक्षमा दुई तिहाइ मत परेको छ । यसअघि केन्द्र भ्यागुते हुने अथवा पिडाल्नेमा हुने भन्ने विवाद थियो ।

विवाद समाधान गर्न बनेको कार्यदलले शनिबार चुनाव गराएको हो । ४२ जना गाउँसभाका सदस्यले मत हालेकोमा भ्यागुतेमा केन्द्र बनाउने पक्षमा २८ मत आएको छ । चार जनाले, पिडाल्ने, ९ जनाले तटस्थ र एकजनाको मद रद्द भएको थियो ।

प्रकाशित मितिः   December 8, 2018 at 6:50 pm 


  • प्रतिक्रिया दिनुहोस्