निवृत्त शिक्षक समाज सुर्खेतको अध्यक्षमा अधिकारी

सुर्खेत:
नेपाल निवृत्त शिक्षक समाज सुर्खेतको अध्यक्षमा मातृका अधिकारी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा द्वय जगतमाया शर्मा र धनीराम अधिकारी, सचिवमा उमाकान्त सापकोटा, काेषाध्यक्षमा लक्ष्मी भुसाल सापकाेटा चयन भएका छन् । सदस्यमा युवराज खनाल, खगेन्द्रप्रसाद पङ्गाली र उदयबहादुर खत्री चयन भएको जनाइएको छ । यस्तै, केन्द्रीय प्रतिनिधिमा यामलाल घिमिरे र शान्ति ढकाल रहेका छन् । उक्त अधिवेशन डम्मरबहादुर ढकालकाे अध्यक्षता र कर्णाली प्रदेश इन्चार्ज हिमालयजङ्ग शाहकाे प्रमुख आतिथ्यतामा भएको थियाे ।

प्रकाशित मितिः   February 8, 2025 at 9:48 pm 


  • प्रतिक्रिया दिनुहोस्