सुर्खेत, ६ भदौ ।
सुर्खेतमा गत आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब २३ करोड फ्रिज भएको छ । जिल्लास्थित सरकारी कार्यालयद्वारा सञ्चालित विभिन्न काम पूरा हुन नसकेर सो रकम फिर्ता गएको हो । चालुतर्फ नौ अर्ब ७७ करोड चार लाखमध्ये रु नौ अर्ब ७७ करोड चार लाख मात्र खर्च भएको छ ।
चालुतर्फको ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ । पूँजीगततर्फ नौ अर्ब ६३ करोड ३८ लाखमध्ये आठ अर्ब ८७ करोड ३४ लाख ९५ हजार मात्र खर्च भएको छ ।
पूँजीगततर्फ ७६ करोड तीन लाख फिर्ता भएको छ । चालु वर्षमा एक अर्ब आठ करोड राजश्व आम्दानी भएको छ । आव २०७४/७५ मा कर तथा गैरकर गरेर रु एक अर्ब आठ करोड राजश्व सङ्कलन भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ५० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएको छ ।























कर्मसञ्चार । २०७५ भाद्र ६ गते बुधवार