सुर्खेत, १८ असोज ।
एकल चित्रकला ‘कोलाजहरूको दैया’ (क्यानभासका पात्रहरूको अधिकार वा दाबी) प्रदर्शनी गरिने भएको छ । स्थानीय युवा उत्तम खड्काले तयार पारेका चित्रकला यही असोज २० गते प्रदर्शनीमा राखिने भएको हो । सैनिक आवासीय महाविद्यालय सुर्खेतका शिक्षकसमेत रहेका खड्काले बिहीबार पत्रकार सम्मेलन गरी आफूले बनाएका विभिन्न विधाका ३५ वटा चित्रकला प्रदर्शनी गरिने जानकारी दिए ।
प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सिर्जनशिलतातर्फ आकर्षित गर्नु रहेको उनले बताए । प्रदर्शनीमा विभिन्न माध्यमबाट तयार गर्न सकिने जलरङ, तेलचित्र, चारकोल आर्ट र एक्रोलिक आर्टबारे पनि जानकारी गराउने चित्रकार खड्काले बताए ।

पत्रकार सम्मेलनमा चित्रकार उत्तम खड्का ।
चित्रकलामा पश्चिम नेपालको साँस्कृतिक, धार्मिक, परम्परा, भेषभूषा, मूल्यमान्यता, भूगोल, संस्कार र संस्कृति उतारिएको उनको दाबी छ । ईच्छुकहरूले प्रदर्शनीमा राखिएका चित्रहरू खरिद गर्न सक्ने उनले बताए । ‘कोलाजहरूको दैया’ नाम दिइएको एकदिने चित्रकला प्रदर्शनीमा खड्काले चित्रकार, शिक्षक, विद्यार्थी, कलाकार, सञ्चारकर्मी तथा कलाप्रेमी सम्पूर्णलाई सहभागि भइदिन अनुरोधसमेत गरेका छन् । प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरस्थित होटल भ्याली भ्यू कटेजमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । प्रर्दशनी हेर्न कुनै शुल्क नलाग्ने बताइएको छ ।
प्रकाशित मितिः October 4, 2018 at 6:47 pm























कर्मसञ्चार । २०७५ असोज १८ गते बिहीवार