काठमाडौं, २१ साउन ।
अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।
भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले बताए ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।
यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन् ।
प्रकाशित मितिः August 6, 2018 at 4:03 pm























कर्मसञ्चार । २०७५ साउन २१ गते सोमवार