काठमाडौँ — आफूले प्रस्ताव गरेका विषयमा अनुसन्धानका लागि दुईजना नेपाली महिला वैज्ञानिकहरुले जनही ५०/५० हजार डलरको फेलोसिप पाएका छन् । युनेस्को अन्तर्गतको संस्था अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड (ओडब्लूएसडी)ले डा. टिस्टा प्रसाई जोशी र डा. प्रतिभा पाण्डेलाई उक्त रकमको अनुसन्धानवृत्ति दिएको हो ।

नाष्टका वैज्ञानिकडा.प्रसाई पानी र पानीको शुद्धताबारे एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएकी छन् भनेकागती तथा सुन्तलाजन्य (सिट्रस) फलहरुको खेर जाने बोक्राबाट रसायनिक प्रविधि प्रयोग गरेर औषधिजन्य रसायन उत्पादन गर्ने कार्यमाडा. पाण्डेले अनुसन्धान गर्दै आएकी छन्। पाण्डे रीसर्च इन्स्टिच्युट फर बायो साइन्स एन्ड बायोटेक्नोलोजीकी वैज्ञानिक तथा क्याटालिस्ट टेक्नोलोजीकी सीईओ हुन्।
प्रकाशित मितिः October 19, 2019 at 7:04 pm
आफूले काम गरिरहेको क्षेत्रमा अझ खर्च गरेर परिणाममुखी काम गर्न ओडब्लूएसडीलेप्रस्तावआह्वान गरेको थियो। त्यसका लागि संसारभरका विकासोन्मुख मुलुकबाट वैज्ञानिकहरुलेआ-आफ्नो विषयपठाएका थिए। उनीहरुमध्ये जोशी र पाण्डेसँगै १४ वटा देशका २० जना महिला वैज्ञानिकहरुले ओडब्लूएसडी अर्ली करियर फेलोसिपपाएका हुन्।
ओडब्लूएसडीले प्रदान गरेको फेलोसिप अन्तर्गत दिइएको रकमउनीहरुले उक्त रकम आफ्नो संस्थामा गरिने अध्ययन अनुसन्धानमा खर्च गर्नुपर्नेछ। नेपाली महिला वैज्ञानिकहरुले शोध गर्न चाहेको विषयमा पाएको उक्त रकम हालसम्मकै सर्वाधिक रहेको बताइएको छ। डा.प्रसाई र पाण्डे दुवैले उक्त रकम उपकरण खरिद र अनुसन्धानमै खर्च गरेर परिणाममुखि काम गर्ने बताएका छन्।














कर्मसञ्चार । २०७६ कार्तिक २ गते शनिवार