सुर्खेत, २ कात्तिक ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीले चाहे मन्त्रिपरिषद् हेरफेर हुनसक्ने बताएका छन् । बाहिर चर्चामा आएजस्तो नभएको भन्दै उनले मन्त्रिपरिषद् हेरफेर गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले भने, ‘मन्त्रिपरिषद् कस्तो र कति संख्याको बनाउने, मन्त्रीहरु हेरफेर गर्नेलगायत अधिकार प्रधानमन्त्रीकै हो । उहाँले चाहे मन्त्रीपरिषद् हेरफेर हुन्छ ।’ मन्त्रिपरिषद् हेरफेरको विषय बाहिर चर्चामा आएजस्तो भने नभएको उनको भनाइ छ ।
आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएको बताउँदै मन्त्री बस्नेतले अब सबैतिर विकासले गति लिने दावी गरे ।
प्रकाशित मितिः October 19, 2019 at 6:35 pm













कर्मसञ्चार । २०७६ कार्तिक २ गते शनिवार