जुम्लारोडमा मल्टि ब्राण्ड सोरुम

सुर्खेत, २१ साउन ।
वीरेन्द्रनगरको जुम्लारोडस्थित धेरै ब्राण्डका इलेक्ट्रोनिक्स सामान पाइने मल्टि सोरुम सञ्चालनमा आएको छ । ढकाल मार्वल एण्ड टायल सप्लायर्स तथा इलेक्ट्रोनिक्सले सेन्चुरी बैंक रहेको भवनको तल्लो तलामा एक महिना अघिदेखि मल्टि सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुमका सञ्चालक विजय ढकालले कर्णाली प्रदेशमै पहिलोपटक सबै ब्राण्डका सामान एकै ठाउँमा पाइने अत्याधुनिक मल्टि सोरुम सञ्चालनमा ल्याएको दाबी गरे ।

ढकालका अनुसार झन्डै १ करोडको लगानीमा सञ्चालनमा ल्याइएको उक्त सोरुममा एलजी र सामसुङका एलइडी, वासिङ मेसिन, टिभी, फ्रिज, झुमर, सोलाईट टायल, मार्वलका साथै सेनेटरीका सम्पूर्ण सामानहरु पाइने छन् । सोरुम सञ्चालन शुभारम्भ भएको अवसरमा हरेक सामानको खरिदमा ग्राहकलाई १० देखि १५ प्रतिशत छुट दिने अफरसमेत ल्याइएको छ ।

प्रकाशित मितिः   August 6, 2018 at 1:59 pm 


  • प्रतिक्रिया दिनुहोस्