जिप्रकामा बुद्ध ‘भगवान’ 

फोटोः क्याप्सन, 

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हाताभित्र फलामको पोलमा डोरीले बाधेर राखिएको शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति । धार्मिक तथा पुरातात्विक महत्वको काँक्रेविहारमा गौतम बुद्धको मूर्ति राख्न खोज्दा विवाद भएपछि प्रहरीले मुर्ति नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको हो । १७ फिट अग्लो फाइबरको बुद्धमुर्ति २०६८ वैशाखमा थाइल्याण्डबाट ल्याइएको हो । यो मुर्ति ३५ लाख लागतमा निर्माण गरिएको बताइएको छ । काँक्रेविहारमा बुद्धमूर्ति प्रतिस्थापन गर्ने विषयमा यहाँ हिन्दु–बौद्धबीच विवाद उत्पन्न भएको थियो । काँक्रेविहारलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धा गर्ने गर्छन् । त्यसैले विवादकै कारण प्रतिस्थापन हुन नसक्दा उक्त मूर्ति वर्षौदेखि जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको छ । बुद्धमार्गीले २५५७ औँ बुद्धजयन्तीको अवसरमा वीरेन्द्रनगरस्थित काँक्रेविहारमा बुद्धमूर्ति राख्न खोजेका थिए ।                                                                                                                                         तस्वीरः कर्म सञ्चार डट कम ।

 

प्रकाशित मितिः   August 6, 2018 at 12:40 pm 


  • प्रतिक्रिया दिनुहोस्