
सुर्खेत, ११ असोज ।
पुरानो र जीर्ण भवन, बाहिरैबाट हेर्दा पूरै चर्किएको, भित्तामा भ्वाङ, न गतिलो शौचालय, भान्सा नत खानेपानीको उचित व्यवस्था । ७ कोठामा ४६ प्रहरी कोचिनुपर्ने बाध्यता ।
यस्तै छ, वीरेन्द्रनगर नगर प्रहरी कार्यालयको हाल ।
कर्णाली प्रदेशको राजधानी शहरको नगर प्रहरी कार्यालय हेरे सहजै अनुमान लगाउन सकिन्छ, दुर्गम बस्तीमा रहेका प्रहरी चौकीको अवस्था कति दयनीय होला ।
वीरेन्द्रनगर नगर प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) तेजबहादुर खड्काले आफूहरूलाई राति सुत्न डर लागिरहने बताए । ‘भवन जीर्ण छ,’ उनले सुनाए, ‘भवन भत्किन्छ की भन्ने त्रासले चयनसँग सुत्नै पाइँदैन ।’
विभिन्न निकायमा भवन बनाई दिन माग गरेपनि कतैबाट सुनुवाई नभएको उनले दुखेसो पोखे । ‘हामीहरू दिनरात नगरवासीको सुरक्षामा खटिएका हुन्छौं,’ उनले भने, ‘तर, केही घण्टा आराम गर्न पाएको समय पनि भवन भत्किने त्रासमा बित्छ ।’
प्रकाशित मितिः September 27, 2018 at 11:24 am













कर्मसञ्चार । २०७५ असोज ११ गते बिहीवार