जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो


काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म मुत्यु हुनेको संख्या १८ पुगेको छ । जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा २ सय ५६ घाइते भएका छन् ।सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंमा कर्फ्यू  जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।
संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ता प्रदर्शनमा उत्रिएको हो ।

प्रकाशित मितिः   September 8, 2025 at 6:25 pm 


  • प्रतिक्रिया दिनुहोस्