एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत, २७ मंसिर ।

जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बा २ झ १७४० नम्बरको एम्बुलेन्स बिहिबार दैलेखको गुराँस गाउँपालिका–४ लाखेमा दुर्घटना हुँदा त्यसमा सवार कालिकोट मान्मका १९ वर्षीय शैनेश विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक कालिकोटको खडाचक्र नगरपालिका–२ का २३ वर्षीय गणेश खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर पोखरेलले बताए ।

सुर्खेतमा बिरामी छोडेर कालिकोट जाँदै गरेको एम्बुलेन्स ब्रेकफेल हुँदा दुर्घटना भएको बताइएको छ । एम्बुलेन्स सडकबाट झण्डै डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   December 13, 2018 at 3:37 pm 


  • प्रतिक्रिया दिनुहोस्