
काठमाडौं । प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट भदौ ११ गते एक बजे बस्ने गरी बैठक स्थगित गरेका थिए। तर लगत्तै सूचना निकालेर अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनमा बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ। अब सूचना प्रकाशित भएपछि मात्र अर्को बैठक बस्नेछ।
प्रकाशित मितिः August 26, 2026 at 7:40 pm


कर्मसञ्चार । २०८३ भाद्र १० गते बुधवार