
काठमाडौंः नेकपा (एमाले) ले आफ्नो नेतृत्वको सरकार ढाल्ने कसरत कमजोर भएको निचोड निकालेको छ । आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको ५१ औं बैठकले मुलुक राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थिरतालाई खल्बल्याउन र कमजोर पार्नका लागि विभिन्न पक्षहरू भने क्रियाशील रहेको एमालेको ठहर छ । उनीहरूको प्रयास सफल नहुने र त्यो प्रयास कमजोर बन्दै गएको तथा मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेको बैठकले निष्कर्ष निकालेको छ । आगामी निर्वाचनमा बहुमत प्राप्त बलियो शक्ति बनाउन एमालेले पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको ज्ञवालीले जनाए । पार्टीलाई बहुमतसहितको बलियो राष्ट्रिय शक्ति बनाउन एमालेको सबै सामर्थ्य प्रयोग गर्ने निर्णय गरेको उनको भनाइ छ । एमालेको सचिवालय बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमबारे छलफल सुरू भएको छ । यो छलफल जारी रहने जनाइएको छ ।













कर्मसञ्चार । २०८२ वैशाख २१ गते आइतवार