
काठमाडौं, ८ मंसिर ।
राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरेका छन् ।
उनीहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा आउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका हुन् । उठेको रकमबाट गाडी खरिद गरी राष्ट्रपति कार्यालयलाई दिइने विरोधमा सहभागी एक युवाले बताए ।


कर्मसञ्चार । २०७५ मंसिर ८ गते शनिवार