व्यवसायिक योजना निर्माणसम्वन्धि प्रशिक्षण

सुर्खेत, ७ मंसिर ।
व्यवसायिक योजना निर्माणसम्वन्धि प्रशिक्षकहरुका लागि प्रशिक्षण शुरु भएको छ । सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित कृषि स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन (पहल) कार्यक्रमको आयोजनामा वीरेन्द्रनगरमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको हो ।
तालिममा आर्थिक समृद्धिका लागि योजनाबद्ध रुपमा व्यवसाय सञ्चालनबारे प्रशिक्षण दिइनेछ । व्यापार व्यवसायमा लगानी, सञ्चालन र लगानी गर्दा व्यवसायमा हुने फाईदा र चुनौती बारेमा ज्ञान नहुँदा लगानी असुरक्षित हुने भएकाले तालिम उपयोगी हुने पहल परियोजनाका केन्द्रिय बित्तीय प्रबन्धक अनिल नेपालले बताए । लगानी कर्ता र कर्जा लिने व्यक्तिहरुलाई व्यवसायिक ज्ञान नहुनुले दिनानुदिन घाटा व्यहोर्नु पर्ने उनको भनाइ छ ।
तालिमका सहजकर्ता राजु केसीले व्यवसाय सृजना तथा व्यवस्थापन सीप दिई कुशल प्रशिक्षक बनाउने तालिमको उद्देश्य रहेको बताए । तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारीका सदस्यहरुले कसरी व्यापार योजना तयार गर्ने, आम्दानी खर्चको हिसाब किताब राख्न र बजार व्यवस्थापनसहित आवश्यक ऋण व्यवस्थापन कसरी गर्ने लगायतका विषयमा सिकाईने छ ।
सकारीका पदाधिकारी र कर्मचारीहरुका लागी संचालित उक्त व्यवसाय योजना निर्माण तालिममा सुर्खेतका ६ र दैलेखका ६ वटा सहकारीका पदाधिकारी एवंम् कर्मचारी गरी २३ जना सहभागी छन् ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा पहल परियोजनाका क्षेत्रीय सिनिएर बित्तीय सेवा अधिकृत बिश्वराज श्रेष्ठ, पहल परियोजनका जिल्ला संयोजक भीमराज वास्तोला, सेवक संस्था दैलेखका सचिव प्रेमप्रसाद दाहाल लगायतको उपस्थित थियो ।

प्रकाशित मितिः   November 23, 2018 at 6:16 pm 


  • प्रतिक्रिया दिनुहोस्