नेकपा नेतृत्वमा पुरुषकै प्रभुत्व

काठमाडौं, ८ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी नेतृत्वमा देशैभरि पुरुषहरुकै प्रभुत्व देखिएको छ । नेकपाले सबै जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाउने तयारी गरिरहँदा महिलाको प्रतिनिधित्व लगभग शून्यजस्तै देखिएको हो ।
६६ जिल्लामा नेतृत्व सर्वसम्मत हुँदासम्म एकजना पनि महिला अध्यक्ष नपारिएको भन्दै नेकपाभित्रै आलोचना शुरु भएको छ । केन्द्रीय कमिटीमा एक तिहाई महिला र्पुयाउने निर्वाचन आयोगमा उधारो प्रतिवद्धता जनाइएको दुई महिनापछि चयन भएको नेकपाको जिल्ला अध्यक्ष महिला शिला खोज्दा पनि नभेटिने स्थिति बनेको छ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य नेतृत्वको कार्यदलले प्रदेश ३ का १७ जिल्ला कमिटीमा समेत अध्यक्ष र सचिव दुवै पदमा महिलाको नाम सिफारिस गरेन ।

संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनैपर्ने व्यवस्था छ । ०६८ को राष्ट्रिय जनगणना अनुसार महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ भने पुरुषको संख्या जम्मा एक करोड २८ लाख ४९ हजार ४१ छ ।
केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा महिलाको संख्या ४ अर्थात जम्मा १६ प्रतिशत मात्र छ । सातवटै प्रदेशमा एकजना पनि महिला मुख्यमन्त्री छैनन् । र, अब चुनिने जिल्ला अध्यक्षमा पनि महिलाहरु शून्य हुने स्थिति देखा परेको छ ।
३३ प्रतिशत महिला प्रतिनिधित्वको प्रावधान राष्ट्रिय दलले पालना गरेका छैनन् । सातै प्रदेशमा एकजना पनि महिला मुख्यमन्त्री छैनन् । अब चुनिने नेकपामा जिल्ला अध्यक्षमा महिलाको प्रतिनिधित्व शून्य हुने स्थिति देखिएको छ ।
सहमति जुट्न बाँकी रहेका ११ जिल्लामध्ये तनहुँमा भगवती न्यौपानेको नाम सिफारिस भएको छ । तर, न्यौपाने अध्यक्ष बन्नका लागि यो जिल्ला पूर्वएमालेकै भागमा पर्नुपर्दछ । तनहुँ, पूर्वमाओवादी केन्द्रको भागमा प¥यो भने ७७ वटै जिल्लाको अध्यक्ष पुरुष बन्ने पक्का छ ।
कतिपयले महिला नेतृ नभएकाले सबै जिल्लामा पुरुषलाई अध्यक्ष बनाउन लागिएको तर्क पनि गरेका छन् । तर, जिल्ला हाँक्न इच्छुक नेतृ नै नभएका भने होइनन् । प्रदेश ३ अन्तर्गतका जिल्ला कमिटीमा अध्यक्ष बन्न काठमाडौंमा शान्ति अधिकारी, सिन्धुलीमा नीरु दर्लामी मगर, रामेछापमा लक्ष्मी गुरुङ, सिन्धुपाल्चोकमा डोल्मा तामाङ लगायतले दावी गरेका थिए ।

केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा महिलाको संख्या ४ अर्थात जम्मा १६ प्रतिशत मात्र छ । सातवटै प्रदेशमा एकजना पनि महिला मुख्यमन्त्री छैनन् । 

नेतृत्व गर्न योग्य र सक्षम महिलालाई पाखा लगाएर मानमर्दन गरिएको भन्दै नेकपाका महिला नेतृ एवं कार्यकर्ताहह्रुले आक्रोश व्यक्त गरेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य नेतृत्वको कार्यदलले प्रदेश ३ का १७ जिल्ला कमिटीमा समेत अध्यक्ष र सचिव दुवै पदमा महिलाको नाम सिफारिस गरेन ।
सिन्धुपाल्चोकमा तत्कालीन माओवादीबाट सचिवमा सिफारिस गरिएकी अमृता नेपालको नाम पनि अन्तिममा काटियो । सचिवमा रोल्पामा ईश्वरी जीएम बाहेक अरु महिलाको नाम सिफारिस भएको छैन ।

प्रकाशित मितिः   August 24, 2018 at 2:43 pm 


  • प्रतिक्रिया दिनुहोस्