
सुर्खेत, १७ मंसिर ।
कर्णाली प्रदेशमै टिम्मुरलगायत बहुमूल्य जडिबुटी खेती गर्ने वन समूहको रुपमा ख्याति कमाएको वीरेन्द्रनगर ४ खोर्केस्थित भैरम सामुदायिक वन उपभोक्ता समूहमा नयाँ नेतृत्व चयन भएको छ । समूहको १९ औं वार्षिक साधारणसभाले अमरबहादुर कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा इन्द्रा चालिसे, सचिवमा यामकुमारी चालिसे, कोषाध्यक्षमा देवीप्रसाद खनाल र सहसचिवमा कुमार पन्त चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दिपु रिमाल, प्रेम बस्याल, खम्बराज न्यौपाने, नवीन कँडेल, दिपक शाही, फूलमाया नेपाली, सीता थापा र ललित बसेल छन् । नयाँ समितिलाई निर्वाचन मण्डलका संयोजक पदमबहादुर खड्काले सपथ खुवाउँदै भैरम सामुदायिक वनलाई प्रदेशकै नमूना वन बनाउन सुझाव दिएका थिए । वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनालले विगतदेखि राम्रो काम गर्दै आएको सो वनलाई जोगाउन नयाँ समिति थप क्रियाशील हुनुपर्नेमा जोड दिए । साथै उनले अग्रजहरुको सुझावलाई पनि मनन् गर्दै अगाडि बढ्न आग्रह गरे ।
सो अवसरमा वन समूहका पूर्व अध्यक्षहरु कूलबहादुर अर्याल, तिलाराम चालिसे, मनिराम कँडेल, हिमाली पुस्तकालका अध्यक्ष तुलाराम तिवारी, अग्रज पत्रकार लिलाधर गौतम, वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, जनजागरण वन समूहका अध्यक्ष प्रेम सुनार, युवा समाजसेवीहरु गोविन्दप्रसाद शर्मा, बलबहादुरसार्की, मनिराम भण्डारीलगायतले नयाँ कार्यसमितिलाई बधाई दिदैं वन संरक्षणको कार्यलाई थप निरन्तरताका लागि शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष अमरबहादुर कार्कीले अग्रजहरुको सुझावका आधार र कार्यसमितिको थप बलबाट बन संरक्षणका साथै अन्य सामाजिक कामहरुमा भैरम वन समूहलाई नमूना बनाउने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मितिः December 3, 2018 at 5:05 pm























कर्मसञ्चार । २०७५ मंसिर १७ गते सोमवार