कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ : कांग्रेस नेता सिंह

दार्चुला, ६ साउन । नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाश मान सिंहले लोकतन्त्र नै संकटमा परेको बेला नेपाली कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने बाएका छन् । उनले सत्तापक्क्ष दिनानुदिन अधिनायकवादी गतिबिधिमा उन्मु भरहदा पार्टी जिम्मेवार रुमा प्रस्तुत हुनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस दार्चुलाले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको ३६ औ बि पि स्मृति दिवस कार्यक्रममा सम्बोदन गर्दै कांग्रेस प्रभावसाली नेता सिंहले पार्टीका संथापक नेताहरुले परिकल्पना गरेको र जनताले अपेक्षा गरेअनुरूपको पार्टी हुन नसक्ने बताए ।

कांग्रेस प्रभावसाली नेता सिहले बि पि बिचारको चर्चा गर्दै बामपंथीहरु संगठित भएर आईरहदा पनि पार्टीले प्रभावकारी भुमिका खेल्न नसकेको बताए । उनले पार्टी सभापति सिङ्गो कांग्रेस सभापति बन्न नसक्नु र यउटा गुटको सभापति बन्नु दुखद भएको बताए ।

कांग्रेस नेता सिंहले एउटा गुठले चलायको सभापतिको भुमिका कांग्रेसको जस्तो हुन नसकेकाले बिधिबिधान अनुसार पार्टी सचालन गर्न आफुहरुले गरेको आग्रहलाई गलत सोच्दा आज त्यसको परिणामस्वरूप पार्टी यो हालतमा पुगेको बताए । उनले भने, ‘अझै पनि नसचिनि हो भने पार्टीका संथापक नेताहरुले परिकल्पना गरेको र नेपाली जन्ताले अपेक्षा गरेअनुरूपको पार्टी हुन सक्दैन ।’

प्रकाशित मितिः   July 23, 2018 at 6:10 am 


  • प्रतिक्रिया दिनुहोस्