
संस्थाका अध्यक्ष कुलमणि देवकोटा ।
सुर्खेेत, ३ फागुन ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशभरको उत्कृष्ट खानेपानी संस्था बनेको छ । संस्थाले खानेपानीको संस्थागत सुधार र स्तरोउन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएको भन्दै उत्कृष्ट घोषणा गरिएको हो ।

नगर विकास कोषको आंशिक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनोट भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।
संस्थाले खानेपानीको संस्थागत सुधार र स्तरोउन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएको भन्दै उत्कृष्ट घोषणा गरिएको हो ।
कोषको ३१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडांैमा आयोजित कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संस्थाका अध्यक्ष देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गरेका थिए ।
सुर्खेत उपत्यकाको बढ्दो खानेपानी संकट टार्न संस्थाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर नयाँ आयोजना थप गर्ने, आयोजना छनोट र सर्वे गर्ने लगायतका काम धमाधम गरिरहेको छ ।

अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले अब अल्पकालिन आयोजनाहरु सकिएकाले भेरी नदीको पानी नै उपत्यकाको दीर्घकालीन समस्या समाधानको एकमात्र विकल्प ठानेको छ ।
उपत्यकामा बढ्दो जनसंख्या र घट्दो मुहानका कारण खानेपानीको संकट बढ्दै गएको छ । खानेपानीको दीर्घकालीन संकट टार्न संस्थाले भेरी नदीको पानी लिफ्ट गरेर ल्याउँदै छ । त्यसका लागि विस्तृत अध्ययन समेत गरिसकिएको छ ।
भेरीको पानी ३ सय ५० लिटर प्रति सेकेण्ड ल्याउन सकिने बताइएको छ । उक्त आयोजनाका लागि कम्तिमा ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।
अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले अब अल्पकालिन आयोजनाहरु सकिएकाले भेरी नदीको पानी नै उपत्यकाको दीर्घकालीन समस्या समाधानको एकमात्र विकल्प ठानेको छ ।
यो पनि पढ्नुहोस्,
https://karmasanchar.com/2018/11/2111/?fbclid=IwAR0p5N9Y8CXr3VEBHFIT51qBqR8q0UxHvCK4xHoi0syAlR_wIzZxF3iwtII
प्रकाशित मितिः February 15, 2019 at 3:12 pm























कर्मसञ्चार । २०७५ फागुन ३ गते शुक्रवार