यसकारण भिजिट नेपाल २०२०

दीपकराज जोशी सिइओ, नेपाल पर्यटन बोर्ड

सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रूपमा घोषणा गरेको छ । २० लाख वार्षिक पर्यटक भित्र्याउने लक्ष्यसहित थालिएको यस अभियानअन्तर्गत तयारीका काम भइरहेका छन् । नेपाल पर्यटन बोर्डमा सचिवालय स्थापना भई काम सुरु गरिएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचवर्षे कार्ययोजना सार्वजनिक ग-यो । उक्त अवसरमा यस अभियानलाई पनि प्राथमिकतासाथ प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले भिजिट नेपाल मनाउनुको उद्देश्य, कार्यक्रम र प्रतिफलबारे दिएको प्रस्तुतिको सार :

 

प्रदेशले के सहयोग गर्न सक्छन् ?
मुख्य गन्तव्यको सरसफाइ र सौन्दर्यीकरण
तोकिएको मापदण्डअनुसारको साइनेज
गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति विकास तथा क्षमता अभिवृद्धिमा सहकार्य
नयाँ गन्तव्य र गतिविधिको पहिचान, विकास र प्रवद्र्धन तथा ब्रान्डिङमा सहकार्य
कम्तीमा १० मुख्य गन्तव्य वा गतिविधि, उत्सव, महोत्सव, जात्रा, पर्वको प्याकेजिङ तथा प्रवद्र्धन
पत्रकार, सेलेब्रिटी तथा टुर अपरेटर्सहरूको परिचयात्मक भ्रमणमार्फत प्रवद्र्धनमा सहकार्य

नतिजा के आउनेछ ?
सन् २०२० सम्म वार्षिक २० लाख पर्यटकको दिगो आगमनसहित नेपाल अन्तर्राष्ट्रिय पर्यटन बजारमा सुरक्षित, स्तरीय, आकर्षक र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित हुने
नेपालको पर्यटकीय छवि र साख पुनः जागृत भई नेपाल आकर्षक गन्तव्यका रूपमा पूर्ण रूपमा तयारी अवस्थामा रहको सन्देश संसारभर फैलिएको हुने ।

के–के गतिविधि हुँदै छन् ?
-नेपाल भ्रमण वर्षको सन्देशसहितको लोगो र नेपालको प्रवद्र्धनात्मक वेबसाइटलाई विभिन्न ६ भाषामा अनुवाद गरी प्रचारप्रसार गर्ने
-सीमित मौसममा मात्र नेपाल आउने पर्यटकको आगमनलाई बाह्रैमास आउने बनाउन गर्मी, वर्षा, हिउँदजस्ता मौसमका लागि पनि प्रवद्र्धन गर्दै नयाँ सेग्मेन्टका पर्यटक भित्र्याउने
-भारत र चीनलक्षित मास मिडिया क्याम्पेन गर्ने
-डिजिटल संयन्त्रमार्फत प्रवद्र्धन गर्ने
-अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चारमाध्यममार्फत प्रवद्र्धन गर्ने
-ख्याति प्राप्त र धेरै गन्तव्य जोड्ने एयरलाइन्सका इनफ्लाइट म्यागेजिनमा नेपालका पर्यटकीय आकर्षणका सन्देश छपाउने
-मुख्य स्रोत बजारका धेरै भिडभाड हुने क्षेत्रमा नेपालको ब्रान्ड भिजिबिलिटी बढाउन बस र ट्रेनजस्ता –सार्वजनिक यातायात, सपिङमल, होर्डिङ बोर्डमार्फत प्रवद्र्धन गर्ने
-भिजिट नेपाल इयर २०२० का लागि कम्तीमा २० वटा लाइफटाइम प्याकेज तयार गरी निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धन गर्ने
-विद्यमान तथा नयाँ पर्यटकीय बजारहरूमा बिटुबी तथा सिटुसीका प्रवद्र्धनात्मक कार्यक्रम गर्ने
-करिब १००० अन्तर्राष्ट्रिय मिडिया तथा टुर अपरेटर्सलाई नेपालको परिचयात्मक भ्रमण गराउने
-अभियानको प्रवद्र्धन गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ, नेपाल मैत्री अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्ने ।

प्रकाशित मितिः   August 4, 2018 at 4:55 pm 


  • प्रतिक्रिया दिनुहोस्