सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १२ भदौ ।
सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला २ सय रुपैयाँ तथा चाँदीको प्रतितोला ५ रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मितिः   August 28, 2018 at 4:31 pm 


  • प्रतिक्रिया दिनुहोस्